काठमाडौं । अनलाइन नेपालमा प्रकाशित समाचारप्रति जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
अनलाइन नेपालमा २०८२ असार १८ गते विहिबार ‘कृष्णनगरका मिटरब्याजीसँग प्रहरीकै साँठगाँठ ! ’ भन्ने शिर्षकमा प्रकाशित समाचारप्रति जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुले अनलाइन नेपालमा खण्डन पठाउँदै असहमति जनाएको हो ।
खण्डनमा भनिएको छ–‘समाचार तथ्यहीन, पूर्वाग्रही तथा भ्रामक आशययुक्त देखिएकोले यसप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।’
समाचारले प्रहरी संस्था र यस कार्यालयको छविमा गम्भीर आघात पुर्याएको जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुका प्रवक्ताले पठाएको खण्डन पत्रमा उल्लेख छ।
अनलाइन नेपाललाई प्राप्त खण्डनमा भनिएको छ–‘उक्त समाचारमा प्रयोग गरिएका आरोपहरू तथ्यमा आधारित छैनन्, कसैको व्यक्तिगत तुष वा नियोजित पूर्वाग्रहबाट प्रेरित देखिन्छ। प्रहरी संस्थाले कानूनबमोजिम निष्पक्ष अनुसन्धान, निगरानी तथा नियन्त्रणका कार्यहरू गर्दै आइरहेको सन्दर्भमा यस्ता सामग्रीहरूले आम जनमानसमा भ्रम उत्पन्न गर्ने तथा संस्थागत विश्वसनीयतामा आघात पुर्याउने काम भएको छ।’
यस्तो छ अनलाईन नेपाललाई प्राप्त खण्डन
