कञ्चनपुर । कञ्चनपुरमा विषालु च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी भएका छन् ।
जिल्लाको दोधारा-चाँदनी नगरपालिका-६ स्थित कालागडका ६३ वर्षीया कालु सुनारसहित पाँच जना विषालु च्याउ खाएर बिरामी भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सुनारका १८ वर्षीया नातिनी निशा सुनार, १६ वर्षीया नाति भीम सुनार, १२ वर्षीया नाति वसन्त सुनार र आठ वर्षीया नातिनी मन्सु सुनार बिरामी भएका छन् ।
भारतको नङ्ग्रा जङ्गलबाट ल्याइएको विषालु च्याउको तरकारी खाँदा उनको परिवारका पाँचै जना बिरामी परेका हुन् । पाँचै जनाको दोधारा-चाँदनी अस्पतालमा उपचार भइरहेको बताइएको छ ।