काठमाडौं । सरकारले अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेललाई नेपाल बिमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी दिएको छ ।
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उनलाई अर्को व्यवस्था नभएसम्मका लागि कार्यवाहक अध्यक्ष तोकेको हो ।
प्राधिकरणका वर्तमान अध्यक्ष शरद ओझालाई मन्त्रिपरिषद्ले निलम्बन गर्दै छानबिन प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।
उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा छानबिन समिति गठन भएको छ । उक्त समितिमा बिमा विज्ञ कपिल ओली र एक जना अर्थशास्त्री रहेका छन् ।