Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

मध्यपश्चिम विश्वविद्यालयका लागि १ अर्ब ३६ करोडको बजेट पारित

मध्यपश्चिम विश्वविद्यालयका लागि १ अर्ब ३६ करोडको बजेट पारित

सोमवार , आषाढ ३०, २०८२

काठमाडौं । मध्यपश्चिम विश्वविद्यालयको १७औं सभा बैठकले आगामी आर्थिक वर्षका लागि १ अर्ब ३६ करोड ७७ लाख २१ हजार रुपैयाँको बजेट पारित गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा सो बजेट पारित गरिएको हो ।

विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. शोभाकर कँडेलले प्रस्तुत गरेको बजेटमा ४६ करोड २५ लाख रुपैयाँ पुँजीगततर्फ र ९० करोड ५२ लाख २१ हजार रुपैयाँ सञ्चालनतर्फ विनियोजन गरिएको छ ।

बैठकमा विश्वविद्यालयको शैक्षिक, भौतिक, प्रशासनिक तथा वित्तीय योजना र कार्यक्रमबारे पनि विस्तृत छलफल भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077