Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

घाँस काट्दै गर्दा पहिरोले पुरिएर बुवाको मृत्यु, १३ वर्षीय छोरा बेपत्ता

घाँस काट्दै गर्दा पहिरोले पुरिएर बुवाको मृत्यु, १३ वर्षीय छोरा बेपत्ता

बुधवार , आषाढ २५, २०८२

काठमाडौं । म्याग्दीको मालिका गाउँपालिका–३ लुप्सीपारमा आज दिउँसो पहिरो जाँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक नाबालक बेपत्ता भएका छन् ।

लुप्सीपारका ३५ वर्षीय जगेन्द्र विकको पहिरोमा पुरिएर मृत्यु भएको हो। उनका छोरा अन्दाजी १३ वर्षका सरोज विक बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

घर नजिकैको बारीको पाखामा घाँस काट्ने क्रममा अचानक माथिबाट पहिरो खसेर दुवैलाई पुरेको स्थानीयले बताएका छन्।

बेपत्ता बालकको खोजीका लागि जनप्रतिनिधि, स्थानीयवासी र इलाका प्रहरी कार्यालय दरवाङका प्रहरी निरीक्षक सोमढास ढकालको नेतृत्वमा सुरक्षाकर्मीको टोली घटनास्थलमा परिचालन भएका छन्।

बुधबार नै म्याग्दीको धौलागिरिमा पहिरो खस्दा झन्डै १० मिनेट म्याग्दी नदी थुनिएको थियो । मंगलबाररातिदेखि अविरल वर्षा हुँदा बाग्लुङ, म्याग्दी र पर्वत जिल्लामा बाढी पहिरोका घटना बढेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077