Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

पहिरोले अवरुद्ध वीपी राजमार्ग खुल्यो

पहिरोले अवरुद्ध वीपी राजमार्ग खुल्यो

बुधवार , आषाढ २५, २०८२

काभ्रे । खहरे खोलाको लेदो आएपछि अवरुद्ध भएको वीपी राजमार्ग सञ्चालनमा आएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार वीपी राजमार्ग रोशी गाउँपालिका-९ पिन्थली बेसिखण्डमा खहरे खोलाको लेदो आएपश्चात बिहान सडक अवरोध भएको थियो ।

मंगलबार राति १ बजेदेखि अवरुद्ध सडक बिहान लेदो पन्छाएपश्चात दुबैतर्फी बाटो सुचारु भएको हो ।

वर्षाले लेदोसहितको पहिरो ३/४ ठाउँमा गएका कारण अवरुद्ध भएको थियो । बीपी राजमार्ग सामान्य वर्षा हुँदा सवारी आवागमनमा अवरोध हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077