Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

उपल्लो मुस्ताङमा बाढी : चारवटा पुल बगायो, दुई वटामा क्षति

उपल्लो मुस्ताङमा बाढी : चारवटा पुल बगायो, दुई वटामा क्षति

बुधवार , आषाढ २५, २०८२

मुस्ताङ । उपल्लो मुस्ताङमा मंगलबार साँझ लेदोसहितको बाढीले ६ वटा पुलमा क्षति गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार बाढीले लोमान्थाङ-४ स्थित चुम्जुङ खोलामा एक पुल र लोमान्थाङ-२ साम्जुङस्थित निर्माणाधिन अर्को एक गरी दुई वटा पक्की मोटरेबल पुलमा क्षति पुर्‍याएको हो ।

बाढीले फलामे पुल र तीन वटा काठेपुल बाढीले बगाएको छ । नेपाल-चीन उत्तरी सीमावर्ती गाउँ लोमान्थाङ गाउँपालिका-४ छोसेरस्थित चुम्जुङ खोलामा करिब तीन घण्टा भीषण बाढी आएको थियो ।

उपल्लो मुस्ताङको बाढीका कारण जोखिमा रहेको खोलाको बीचमा सञ्चालनमा रहेको एक होटल र लोमन्थाङ-४ स्थित अन्दाजी चार सय मिटर दुरीमा रहेको न्याम्डो गाउँका दुई वटा घरका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको मुस्ताङ प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077