Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

रसुवा बाढी : मृतक परिवारलाई राहत र घाइतेको निःशुल्क उपचार गर्ने निर्णय

रसुवा बाढी : मृतक परिवारलाई राहत र घाइतेको निःशुल्क उपचार गर्ने निर्णय

मंगलवार , आषाढ २४, २०८२

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को बैठकले रसुवाको गोसाइकुण्ड गाउँपालिका–२, रसुवागढीमा गएको राति आएको आकस्मिक बाढीबाट भएको मानवीय र भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मंगलबार बालुवाटारमा बसेको बैठकले दुःख व्यक्त गर्दै विभिन्न निर्णय गरेको हो ।

बैठकले मृतक तथा बेपत्ताका परिवारलाई प्रचलित कानुनअनुसार तत्काल राहत उपलब्ध गराउने जिम्मेवारी गृह मन्त्रालयलाई दिएको छ । साथै, घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिइएको छ।

घटनाको यथार्थ कारण पहिचान गर्न अध्ययन र आवश्यक पूर्वतयारी गर्ने तथा मित्रराष्ट्र चीनसँग समन्वय मिलाउन सम्बन्धित निकायहरूलाई निर्देशन दिने निर्णय पनि बैठकले गरेको छ ।

बैठकमा विपद् व्यवस्थापनमा सरकारको उच्च प्राथमिकता दोहोऱ्याउँदै विपद्पछि उद्धार, राहत र पुनःस्थापनाका सबै चरणलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077