Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

सिन्धुपाल्चोक प्रशासनको आग्रह - भोटेकोशी र सुनकोशी नदी आसपासमा सतर्कता अपनाउनू

सिन्धुपाल्चोक प्रशासनको आग्रह - भोटेकोशी र सुनकोशी नदी आसपासमा सतर्कता अपनाउनू

मंगलवार , आषाढ २४, २०८२

सिन्धुपाल्चोक । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले भोटेकोशी र सुनकोशी नदी आसपासमा सतर्कता अपनाउन भनेको छ ।

मंगलबार सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले जारी गरेको सूचनामा भोटेकोशी र सुनकोशी नदी आसपासमा सतर्कता अपनाउन आग्रह गरिएको हो ।

छिमेकी राष्ट्र चीनको तिब्बत क्षेत्रको न्यालममा वर्षा भइरहेको र राती बढ्ने सक्ने सूचना चिनिया अधिकारीबाट आएको सूचनामा उल्लेख छ ।

सूचनामा भनिएको छ, 'छिमेकी राष्ट्र चीनको तिब्बत क्षेत्रको न्यालममा वर्षा भइरहेको र आज राति बढ़ी वर्षा हुन सक्ने सम्भावना रहेको भनी चिनियाँ अधिकारीबाट सूचना प्राप्त भएकोले भोटेकोशी र सुनकोशी नदी आसपास क्षेत्रमा जोखिम हुन सक्ने भएकोले नदी आसपास क्षेत्रका बासिन्दाहरुमा सतर्कता अपनाउन र अरनिको राजमार्ग (बन्देउ देखि लिपिड) मा सवारी साधन चलाउँदा समेत सतर्कता अपनाउन हुन यो सूचना प्रकाशित गरिएको छ ।'

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077