Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

रसुवा बाढी : ५५ जनाको उद्धार, १८ जना बेपत्ता

रसुवा बाढी : ५५ जनाको उद्धार, १८ जना बेपत्ता

मंगलवार , आषाढ २४, २०८२

काठमाडौं। चीनतर्फबाट आएको बाढीका कारण रसुवागढी हाइड्रोपावरको ड्याम साइडमा फसेको ५५ जनाको उद्धार गरिएको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेनाको उद्दार टोलीले मंगलबार दिउँसो ३ः३०० बजेसम्म ५५ जनाको उद्धार गरिएको जनाएको छ ।
उद्धार गरिएकामा ४ महिला र ५१ जना पुरुष रहेका छन् ।

उनीहरूलाई झोलुङ्‍गे पुलबाट हिँडाएर उद्धार गरिएको प्रहरीले जनाएको छ । उद्धार हुनेमा १ जना चिनियाँ नागरिक समेत छन् ।

यसका साथै बाढीबाट अहिलेसम्म १८ जना बेपत्ता भएका छन् भने १०० भन्दा बढी गाडी बगाएको प्रहरीले जनाएको छ ।

रसुवातर्फ उड्यो प्रधानमन्त्रीसहितको सरकारी टोली
चीनतर्फबाट आएको अकस्मातको बाढीका कारण जनधनको क्षति भएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीसहितको सरकारी टोली घटनास्थतर्फ प्रस्थान गरेको छ।

नेपाली सेनाको हेलिकप्टरबाट प्रधानमन्त्रीसहितको टोली मंगलबार अपराह्न रसुवागढीतर्फ प्रस्थान गरेको हो।

टोलीमा गृहमन्त्री रमेश लेखक, अर्थमन्त्री विष्णु पौडेल, गृह सचिव गोकर्णमणि दुवाडीलगायतका सरकारी अधिकारी रहेको गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077