Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

रसुवागढी जलविद्युत् आयोजनामा फसेका २३ जना कामदारको उद्धार

रसुवागढी जलविद्युत् आयोजनामा फसेका २३ जना कामदारको उद्धार

मंगलवार , आषाढ २४, २०८२

काठमाडौं । नेपाली सेनाले रसुवागढी जलविद्युत् आयोजनामा फसेका २३ जना कामदारहरूको सकुशल उद्धार गरेको छ।

नेपाल चीन सिमानाको लेन्डे खोला हुँदै भोटेकोसी नदीमा आएको बाढीका कारण रसुवाको गोसाईंकुण्ड गाउँपालिका–२ स्थित रसुवागढी जलविद्युत आयोजनामा फसेका २३ जना कामदारहरूलाई अन्य सुरक्षा निकाय र स्थानीयहरूको समन्वयमा नेपाली सेनाको हेलिकप्टरमार्फत सुरक्षित स्थानमा स्थानान्तरण गरिएको सेनाले जनाएको छ।

त्यस्तै, सेनाको धादिङ्ग स्थित नं.६ बाहिनी अड्डाबाट गल्छी हुँदै त्रिशुलीतर्फ र रसुवास्थित श्रीनाथ गणबाट स्याफ्रुवेशी ईलाकातर्फ बाढीका कारण सम्पर्कविहीन भएका व्यक्तिहरूको खोज तथा उद्धार कार्यका लागि थप फौज खटिएको पनि नेपाली सेनाको मुख्यालय भद्रकालीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077