Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

रसुवा प्रशासनले भन्यो : अझै जोखिम छ, सावधानी अपनाउनू

रसुवा प्रशासनले भन्यो : अझै जोखिम छ, सावधानी अपनाउनू

मंगलवार , आषाढ २४, २०८२

काठमाडौं । रसुवा जिल्ला प्रशासन कार्यालयले रसुवागढी नाका भई नेपाल प्रवेश गर्ने भोटेकोशी नदीआसपास अझै पनि जोखिम रहेको जानकारी गराउँदै सावधानी अपनाउन सम्बन्धित सबैलाई सुझाव दिएको छ।

मंगलबार बिहान ३ बजेतिर रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२, रसुवागढीस्थित भोटेकोशी नदीमा भीषण बाढी आउँदा १८ जना बेपत्ता छन् भने ठूलो मात्रमा भौतिक संरचना क्षति भएको छ।

[insert page='355524' display='yopanipadhnuhos.php']

बाढीले रसुवागढीस्थित मितेरी पुल भत्किँदा नेपाल–चीन सडक सम्पर्क टुटेको, स्याफ्रुबेँसी–रसुवागढी सडकखण्ड अवरोध भएको र नदी तटीय क्षेत्रका संरचनामा क्षति पुगेको स्थानीय प्रशासनले जनाएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार उक्त विपद्को प्रतिकार्यका लागि स्थानीय प्रशासन एवम् नागरिक तदारुकता साथ खटिएका छन्।

उनले जारी गरेको सूचनामा भनिएको छ–‘विपद्को सम्भावित जोखिम अझै पनि कायमै रहेकाले प्रभावित क्षेत्रमा बसोबास गर्नुहुने आम जनसमुदाय, नदी आसपासमा निर्माणाधीन तथा सञ्चालित आयोजना र नदीको तटीय क्षेत्रमा अवस्थित कार्यालयहरूले आवश्यक पूर्वतयारी एवम् सावधानी अपनाई यातायातका साधन सञ्चालन गर्दा वा यात्रा गर्दा समेत आवश्यक सूचना लिई मात्र गर्नु हुन अनुरोध छ।’

साथै बाढी–पहिरो वा अन्य क्षतिको सम्भावित जोखिम देखिएमा तुरुन्त नजिकैको सुरक्षा निकाय, प्रहरी कन्ट्रोल नं. १०० वा जिल्ला आपत्‌कालीन कार्यसञ्चालन केन्द्र (डीईओसी) को फोनं. ०१०–५४००१९ मा जानकारी गराई गराउनसमेत सहायक प्रमुख जिल्ला अधिकारी अधिकारीले अनुरोध गरेका छन्।

[insert page='355521' display='yopanipadhnuhos.php']

चीनतर्फबाट आएको बाढीले रसुवामा ठूलो क्षति पुर्‍याइरहँदा प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेल र जिल्ला प्रहरी प्रमुख एवम् डीएसपी हेम शाही काठमाडौंमा थिए ।

उनीहरूलाई हेलिकप्टरमा रसुवा पठाइएको छ । तर, मौसम बिग्रिएकाले उनीहरूलाई बोकेको नेपाली सेनाको हेलिकप्टर नुवाकोटको त्रिशूलीमा पुगेर अवतरण गरेको छ। जिल्लाको कमान्ड सम्हालेका दुवैजना अझैसम्म जिल्ला सदरमुकाम पुग्न सकेका छैनन्।

उनीहरू दुवैजनालाई गृह मन्त्रालयले आयोजना गरेको बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठीका लागि काठमाडौं बोलाइएको खुलेको छ ।

दुवै सुरक्षा प्रमुख काठमाडौंमा हुँदा रसुवामा आइलागेको आपत्का बेला सरकारको नेतृत्व नै गायब भएको छ । अहिले त्यहाँ उद्धार र राहतको कमान्ड सहायक प्रजिअ द्रुवप्रसाद अधिकारीले सम्हालेका छन् ।

जिल्लामा ठूलो संकट निम्तिएपछि मंगलबार नै सहायक प्रजिअ अधिकारीले सूचना निकालेर घटनाको विवरण सार्वजनिक गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077