Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

रसुवा बाढी : २५० मेगावाटभन्दा बढी विद्युत् उत्पादन बन्द, माग अनुसार आपूर्तिमा समस्या छैन : प्राधिकरण

रसुवा बाढी : २५० मेगावाटभन्दा बढी विद्युत् उत्पादन बन्द, माग अनुसार आपूर्तिमा समस्या छैन : प्राधिकरण

मंगलवार , आषाढ २४, २०८२

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले चीनतर्फबाट आएको बाढीका कारण नेपाल विद्युत् प्राधिकरण र यस अन्तर्गतका जलविद्युत् आयोजनाहरूको २ सय ५० मेगावाट विद्युत् उत्पादन बन्द भएको जनाएको छ ।

रसुवास्थित नेपाल-चीन सीमामा रहेको ल्हेन्दे खोलामा आज बिहान आएको बाढीमा परी चार वटा हाइड्रोपावरमा क्षति भएको हो । बाढीका कारण रसुवागढी जलविद्युत आयोजना, त्रिशूली थ्री ‘ए’, चिलिमे हाइड्रोपावर र बेनी हाइड्रोपावर रहेका छन् ।

बाढीका कारण सबैभन्दा बढी रसुवागढी जलविद्युत आयोजनामा क्षति पुगेको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालले जानकारी दिए । उक्त आयोजनाको बाँधको एउटा गेट बाढीले बगाएर ड्याममा समेत क्षति पुगेको छ ।

‘बाढीका कारण चार जलविद्युत आयोजनामा क्षति भएको छ । सबैभन्दा बढी रसुवागढी जलविद्युत आयोजनामा भएको छ । अन्यमा सामान्य क्षति भएको छ’, उनले अगाडी भने, ‘यी जलविद्युत आयोजनाहरूमा मानवीय क्षति भने भएको छैन ।’

उनका अनुसार त्रिशूली थ्री ‘ए’ आयोजनाको भवनमा बाढी पसेको छ । रसुवागढी जलविद्युत आयोजना अन्तर्गतको पुल समेत बगाएको छ ।

रसुवागढी जलविद्युत आयोजना १११ मेगावाट, त्रिशुली थ्री ‘ए’ ६० मेगावाट, चिलिमे हाइड्रोपावर २१ मेगावाट र बेनी हाइड्रोपावर १९ मेगावाटका हुन् ।

प्रवक्ता ढकालले त्रिशूली कोरिडोरमा रहेका प्राधिकरणका आयोजनाहरूमा बाढीले क्षति पुर्‍याएपछि सम्भावित जोखिमबाट बच्न उक्त क्षेत्रका अन्य केही आयोजनाहरू पनि बन्द गरिएको बताए ।

उक्त क्षेत्रका केही आयोजनामा बाढीले भौतिक क्षति पुर्‍याएर बन्द भएका छन् भने केहीलाई सम्भावित क्षतिबाट जोगाउन प्राधिकरणले नै गेट बन्द गरेर सुरक्षित राखेको छ ।

बाढीले प्रत्यक्ष असर पारेका आयोजनामा रसुवागढी, चिलिमे र त्रिशूली थ्री ए रहेका छन्। त्रिशूली करिडोरका मात्रै करिब ६–७ वटा प्लान्ट बन्द अवस्थामा छन्।

बाढीले माथिल्लो त्रिशूली ‘थ्री ए’ को ड्याममा क्षति पुर्‍याएको छ भने दुई गेट बगाएको छ भने २१ मेगावाटको तल्लो त्रिशूली आयोजनाको उत्पादन पनि ठप्प भएको छ।

साथै आयोजनासँग सम्बन्धित त्रिशूली ‘थ्री बी’ हब सबस्टेसनको टावरमा पनि केही क्षति पुगेको छ।

नुवाकोटमा रहेको २१ मेगावाट क्षमताको तल्लो त्रिशूली जलविद्युत् आयोजनाको उत्पादन पनि बाढीकै कारण उत्पादन रोकिएको छ ।

प्राधिकरणका अनुसार यी सबै आयोजनाको कुल उत्पादन क्षमता २ सय ५० मेगावाटभन्दा बढी रहेको छ ।

प्राधिकरणले ठूलो क्षमताका आयोजना बन्द भए पनि देशभर विद्युतको माग व्यवस्थापनमा कुनै समस्या नभएको स्पष्ट पारेको छ।

‘उत्पादन बन्द भए पनि माग धान्न समस्या छैन, हामीले अन्य आयोजनाबाट आपूर्ति मिलाएका छौँ।’–प्रवक्ता ढकालले भने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077