धादिङ । भोटेकोशीमा मङ्गलबार बिहान आएको भीषण बाढी धादिङ प्रवेश गरेको छ ।
बाढीले जनधनको क्षति नहोस् भनेर जिल्ला प्रशासन कार्यालय उच्च सतर्कता अपनाउन स्थानीयलाई आग्रह गरेको छ ।
त्रिशुली नदीमा आएको भीषण बाढी हेर्नका लागि स्थानीय बासिन्दा सुरक्षित ठाउँमा बसेर हेरिरहेका छन् भने गजुरी, मलेखु, चरौँदीलगायतका स्थानमा बाढी कुरिरहेका छन् ।
बाढीले रसुवागढी नाकामा रहेको नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको छ । त्यस्तै सुख्खा बन्दरगाहमा रहेका नयाँ विद्युतीय गाडी (ईभी) हरू पनि बाढीले बगाएको छ ।
यस्तै अहिलेसम्म ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन भएको पुष्टि भएको छ ।