काठमाडौं । नुवाकोटको बिदुर नगरपालिका–१ स्थित त्रिशुली बसपार्क नजिकै त्रिशुली नदीको बीचभागमा एक पुरुष र एक महिला बाढीका कारण फसेका छन् ।
बिहान दाउरा संकलन गर्न गएका उनीहरू बाढीको बहाव एक्कासि बढेपछि नदीको कटान क्षेत्रमा अलपत्र परेका हुन् ।
बाढीको पानीले चारैतिरबाट घेरेपछि उनीहरूले ज्यान जोगाउन नजिकैको रुख चढेर बसेका छन्।
घटनास्थलमा हालै सुरक्षाकर्मी र स्थानीयबासीहरूको भीड लागेको छ । उद्धारको प्रयासस्वरूप एक हेलिकोप्टरसमेत परिचालन भइसकेको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ ।