Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

दुप्चेश्वर जाँदै गरेको कारमा पहिरो खस्यो, चालक घाइते

दुप्चेश्वर जाँदै गरेको कारमा पहिरो खस्यो, चालक घाइते

शनिवार , आषाढ २१, २०८२

नुवाकोट । सडकमा गुडिरहेको गाडीमा पहिरो खसेको छ ।

काठमाडौंबाट टोखा–छहरे सडकखण्ड हुँदै नुवाकोटको प्रसिद्ध धार्मिकस्थल दुप्चेश्वर मन्दिरतर्फ जाँदै गरेको बागमती प्रदेश विएडी ३७७३ नम्बरको निजी कारमा माथिबाट पहिरो खसेर क्षति गरेको हो ।

उक्त कारमा सवार काभ्रेको नमोबुद्ध नगरपालिका–७ का ४५ वर्षीय श्यामकृष्ण श्रेष्ठ घाइते भएको प्रहरीले जनाएको छ ।

उनलाई उपचारका लागि अस्पताल लगिएको छ । घटनामा कारमा क्षति पुर्‍याएको छ भने पहिरोले उक्त सडक केहि घण्टा अवरुद्ध भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077