काठमाडौं । पहिरोले मध्यपहाडी राजमार्ग अवरुद्ध भएको छ ।
माथिबाट आएको पहिरोले सडक पुर्दा राजमार्ग अवरुद्ध भएको हो ।
जाजरकोट छेडागार्ड नगरपालिका–३ दखेरी भिर गिट्टिखोलास्थित सडकमा बिहान ८ः२० बजे पहिरो गएको प्रहरीले जनाएको छ ।
सडक पूर्णरूपमा अवरुद्ध हुँदा सवारीसाधन र यात्रु अलपत्र परेका छन् । खुलाउने प्रयास भइरहेको बताइएको छ ।