Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

भौतिक मन्त्रालयका सवारी चालकको शव भेरी नदीमा फेला

भौतिक मन्त्रालयका सवारी चालकको शव भेरी नदीमा फेला

शुक्रवार , आषाढ २०, २०८२

सुर्खेत । असार ६ गतेदेखि सम्पर्कविहीन भएका कर्णाली प्रदेशस्थित भौतिक मन्त्रालयका सवारी चालकको शव भेरी नदीमा फेला परेको छ ।

भौतिक पूर्वाधार विकास मन्त्रालय सुर्खेतमा सवारी चालकका रूपमा कार्यरत २९ वर्षीय हिमबहादुर विष्टको शव आज भेरी नदी किनारमा फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनजङ्ग बुढथापाका अनुसार दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–२ का विष्ट असार ६ गते बिहान ‘बिरामी छु’ भनेर कार्यालयमा खबर गरेयता सम्पर्कविहीन भएका थिए ।

त्यसअघि विष्टले प्रयोग गर्ने सरकारी मोटरसाइकल असार ९ गते भेरीगङ्गा नगरपालिकास्थित भेरी पुल नजिक सडक किनारमा बेवारिसे अवस्थामा फेला परेको थियो ।

खोजतलासका क्रममा आज बराहाताल गाउँपालिका–४ साजघाटस्थित भेरी नदी किनारमा निजको शव फेला परेको प्रहरी नायब उपरीक्षक बुढथापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077