कञ्चनपुर । कञ्चनपुरमा बाल्टीको पानीमा डुबेर शिशुको मृत्यु भएको छ ।
भीमदत्त नगरपालिका–८ स्थित तिलाचौडका सुरज सिंहकी डेढ वर्षीया छोरी प्रियाको बाल्टीको पानीमा डुबेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सागर बोहराका अनुसार शुक्रबार दिउँसो स्नानगृहको बाल्टीको पानीमा डुबेर शिशुको मृत्यु भएको हो ।
शिशु डुबेको अवस्थामा फेला परेपछि महाकाली प्रादेशिक अस्पतालमा उपचारका लागि लगिएको थियो ।
शिशुको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।