Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

सुर्खेतमा चट्याङ लागेर एक जनाको मृत्यु, ४ घाइते

सुर्खेतमा चट्याङ लागेर एक जनाको मृत्यु, ४ घाइते

शुक्रवार , आषाढ २०, २०८२

सुर्खेत । सुर्खेतको भेरीगङ्गा नगरपालिका ८ कुइरे भन्ने स्थानमा परेको चट्याङले एक जनाको मृत्यु भएको छ ।

कुइरेमा रहेको वीरबहादुर थापाको खेतमा रोपाइँ गरिरहेको अवस्थामा आज दिउँसो ३ बजे एक्कासि चट्याङ लागेर सोही वडाका २७ वर्षीय डिलबहादुर शाहीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार चट्याङ लागेर घाइते भएका शाहीको मेहलकुना अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

घटनापश्चात इलाका प्रहरी कार्यालय छिन्चु सुर्खेतबाट प्रहरी निरीक्षक पदमबहादुर खत्रीको नेतृत्व १०, अस्थायी प्रहरी चौकी जहरे सुर्खेतबाट प्रहरी सहायक निरीक्षक खगेन्द्र सुनारको नेतृत्वमा पाँच जनाको प्रहरी टोली सो स्थानमा पुगेर चट्याङ लागेर सामान्य घाइते भएका सोही वडाका १७ वर्षीय पर्वत विक, १९ वर्षीय हुमबहादुर थापा, १८ वर्षीय नवीन विक र ३० वर्षीय सुनिता गिरीलाई मेहलकुना अस्पतालमा पुर्‍याएर उपचार भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077