Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

राति माछा मार्न जाँदा गोहीको आक्रमणबाट मृत्यु

राति माछा मार्न जाँदा गोहीको आक्रमणबाट मृत्यु

शुक्रवार , आषाढ २०, २०८२

चितवन । रातको समयमा खोलामा माछा मार्न गएका एक व्यक्तिको गोहीको आक्रमणबाट मृत्यु भएको छ ।

चितवन सौराहा नजिक चित्रसारी बुढीराप्ती खोलामा बिहीबार राति रत्ननगर नगरपालिका–८ का २६/२७ वर्षीय अविषेक माझीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार अविषेक र सोही ठाउँका ४०/४५ वर्षीय राजकुमार माझी बिहीबार राति ९ बजेतिर माछा मार्न बुढीराप्ती खोलामा गएका थिए ।

माछा मार्दै गर्दा अविषेकलाई गोहीले तानेर खोलामा लगेको बताइएको छ । राति १ बजेर २० मिनेटतिर अविषेकको शव फेला परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077