काठमाडौं । कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई ४५ वर्षदेखि फरार रहेका तील बहादुर गुरुङ अन्ततः पक्राउ परेका छन् ।
इलाम जिल्ला अदालतले २०३८ साल जेठ १२ गते १० वर्ष कैद सजाय सुनाएको गुरुङलाई प्रहरीले विशेष सुराकीका आधारमा पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको विशेष टोलीले सन्दकपुर गाउँपालिका–५ स्थित लुकिछिपी बसिरहेको अवस्थामा उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
७६ वर्षीय गुरुङ लामो समयदेखि कानुनी सजायबाट उम्किन प्रयासरत रहेका थिए । अन्ततः उनलाई पक्राउ गरेर जिल्ला कारागार इलाममा चलान गरिएको छ ।