काठमाडौं । चितवनमा भएको सवारी दुर्घटनामा ज्यान गुमाउने दुई जनाको पहिचान खुलेको छ। घटनामा सात जनाको मृत्यु र १८ जना घाइते भएका छन् ।
मृत्यु हुनेमध्ये मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १७ का ५५ वर्षीय सोमप्रसाद रुपाखेती र हेटौंड ५ का ५३ वर्षीया मैयाकुमारी न्यौपाने रहेका छन्।
धेरै जसो मृतक र घाइते इभि गाडिमा सवार रहेको र उनीहरुको पहिचान खुल्न बाकी रहेको चितवन प्रहरीले जनाएको छ ।
चितवनको राप्ती नगरपालिका वडा नम्बर ४ डडुवास्थित पूर्वपश्चिम राजमार्गअन्तर्गत आज बिहान् यात्रु बस र इभी माइक्रो बस ठोकिदा घटनास्थलमा पाँच र उपचारका क्रममा दुई जनाको मृत्यु भएको हो ।
धनगढीबाट काँकडभिट्टातर्फ जादै गरेको प्रदेश १–०१– ००१ ख ३५८३ नम्बरको बस र हेटौंडाबाट नारायणगढतर्फ जाँदै गरेको बागमती प्रदेश ०३ –००१ज २९९ नम्बरको इभी माइक्रो बस ठोकिएका थिए ।