काठमाडौं । सामान्य घटबढ हुँदै आएको सुनको मूल्य शुक्रबार एकैदिन प्रतितोला ४ हजार २ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन १ लाख ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला १ लाख ९७ हजार १ सय रुपैयाँ कायम भएको छ ।
चाँदी प्रति तोला दुई हजार १६५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज एक औंस सुन तीन हजार ४२७ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।