Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

बैंकको औसत आधार ब्याजदर बढ्यो

बैंकको औसत आधार ब्याजदर बढ्यो

मंगलवार , जेठ २८, २०८२

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा कर्जाको मागमा समान्य सुधार आएसँगै औसत आधार ब्याजदर पनि बढेको छ ।

चालु आर्थिक वर्षको वैशाखसम्म वाणिज्य बैंकहरूको औसत आधार दर २.२९ प्रतिशत पुगेको छ । तर, चालु आवको चैतमा बैंकहरूको औसत आधारदर ६.१७ प्रतिशत रहेको थियो ।

२०८१ चैतमा वाणिज्य बैंकहरूको औसत आधार दर ६.२९ प्रतिशत, विकास बैंकहरूको ८.३४ प्रतिशत र वित्त कम्पनीहरूको ९.१७ प्रतिशत रहेको छ ।

२०८० चैतमा वाणिज्य बैंकहरूको औसत आधार दर ८.५१ प्रतिशत, विकास बैंकहरूको १०.४१ प्रतिशत र वित्त कम्पनीहरूको १२.०२ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ ।

२०८१ चैतमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ४.४५ प्रतिशत, विकास बैंकहरूको ५.२२ प्रतिशत र वित्त कम्पनीहरूको ६.२४ प्रतिशत रहेको छ ।

२०८० चैतमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ६.५३ प्रतिशत, विकास बैंकहरूको ७.५८ प्रतिशत र वित्त कम्पनीहरूको ८.८२ प्रतिशत कायम भएको थियो ।

त्यसैगरी, २०८१ चैतमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर ८.२२ प्रतिशत, विकास बैंकहरूको ९.५९ प्रतिशत र वित्त कम्पनीहरूको १०.४० प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ ।

२०८० चैतमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर १०.५५ प्रतिशत, विकास बैंकहरूको १२.१७ प्रतिशत र वित्त कम्पनीहरूको १३.३६ प्रतिशत रहेको थियो ।

२०८० चैतमा ९१–दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर ३.०० प्रतिशत रहेकोमा २०८१ चैतमा ३.०६ प्रतिशत रहेको छ ।

बैंक तथा वित्तीय संस्थाहरूबीचको अन्तर बैंक कारोबारको भारित औसत ब्याजदर २०८० चैतमा ३.१० प्रतिशत रहेकोमा २०८१ चैतमा ३.०० प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077