काठमाडौं । पछिल्लो साता नेपाली बजारमा सुन र चाँदीको मूल्य सामान्य घटबढ भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको हो । यससँगै आइतबार छापावाल सुन तोलामा १ लाख ८८ हजार ८०० रुपैयाँ कायम भएको छ ।
यसअघि शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८८ हजार ५०० रुपैयाँ कायम भएको थियो ।
यस्तै चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ । शुक्रबार तोलामा १९ सय ८० रुपैयाँ कायम भएको चाँदी आइतबार १९ सय ८५ रुपैयाँ कायम भएको छ ।