Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

२५ हजार भारुको सीमा हट्यो

२५ हजार भारुको सीमा हट्यो

शुक्रवार , जेठ १७, २०८२

काठमाडौं । सरकारले भारतीय पर्यटकले साथमा ल्याउन पाउने २५ हजार भारु सीमा हटाएको छ ।

आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले उक्त सिमा हटाउने जानकारी दिएका हुन् ।

योसँगै अब नेपाल प्रवेश गर्ने भारतीय नागरिकहरुले पनि ५ हजार डलरसम्मको मुद्रा ल्याउन पाउने भएका छन् ।

भारत बाहेक देशका नागरिकहरुलाका लागि भने यस अघि नै ५ हजार डलरसम्मको सिमा थियो ।

त्यसभन्दा बढी रकम समेत अब भन्सार बिन्दुमा घोषणा गरी ल्याउन सक्ने व्यवस्थालाई सहजीकरण गरिने समेत बजेटमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077