Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

ईभीमा भन्सार दर नबढेपछि नाफा खाने दाउमा रहेका ब्यापारी जिल्ल

ईभीमा भन्सार दर नबढेपछि नाफा खाने दाउमा रहेका ब्यापारी जिल्ल

शुक्रवार , जेठ १७, २०८२

काठमाडौं । बैशाखको अन्तिम साता एकाएक सरकारले इलेक्ट्रोनिक भेहिकल (ईभी) को भन्सार दर बढाउने हल्ला चल्यो ।

उक्त हल्लाको पछि लागेका ईभी ब्यापारीहरु जेठ १५ मा आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले कर बढाउनेमा ढुक्क थिए । त्यसैले पनि उनीहरुले हतार–हतारमा आवश्यकता भन्दा बढी ईभी भित्र्याए ।

बजेट भाषण अघिको दुई सातामा ब्यापारीहरुले यति गाडी भित्र्याए की चोभारको सुख्खा बन्दरगाह मात्रै भरेनन्, शोरुमहरु सबैमा अटाएजती थन्क्याए ।

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले विशेषगरी विद्युतीय सवारीसाधनमा हरित कर थप लगाउन सुझाव दिएपछि गाडी आयातकर्ताहरूले कर बढ्ने आशंकामा बजेट अगाडि नै नयाँ गाडी आयात गरेका थिए ।

तर, अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै वातावरण संरक्षण र स्वच्छ ऊर्जा प्रवर्द्धनका लागि ईभीको भन्सार मूल्य यथावत् राख्ने घोषणा गरेसँगै ब्यापारीहरु जिल्ल परेका छन् ।

‘क्वाप्प नाफा खाउँला’ भनेर लगानी गरेका ब्यापारीहरु अहिले पुर्पुरोमा हात लगाउन बाध्य भएको एक व्यवसायी बताउँछन् ।

भन्सार दर यथावत् रहँदा ती ब्यापारीहरू घाटामा पर्ने भएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077