Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

नेपालको औपचारिक भ्रमणमा आउँदै न्युजिल्यान्डका उपप्रधानमन्त्री

नेपालको औपचारिक भ्रमणमा आउँदै न्युजिल्यान्डका उपप्रधानमन्त्री

मंगलवार , जेठ १४, २०८२

काठमाडौं । न्युजिल्यान्डका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री विन्स्टन पिटर्स नेपालको औपचारिक भ्रमणमा आउँदै छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार उनले यही जेठ १४ र १५ गते नेपालको भ्रमण गर्न लागेका हुन् ।

भ्रमणका क्रममा उपप्रधानमन्त्री पिटर्सले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्ने छन् ।

त्यसैगरी, उनले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग द्विपक्षीय भेटवार्ता गर्ने मन्त्रालयले जनाएको छ ।

न्युजिल्यान्डका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री पिटर्सबाट हुन लागेको यो पहिलो नेपाल भ्रमण हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077