Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

शेखर कोइरालासँग कांग्रेसले किन माग्यो स्पष्टीकरण ?

शेखर कोइरालासँग कांग्रेसले किन माग्यो स्पष्टीकरण ?

सोमवार , जेठ १३, २०८२

काठमाडौं ।नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले  डा.शेखर कोइराला काठमाडौँ फर्किएलगत्तै सभापति  शेरबहादुर देउवाले स्पष्टीकरण सोध्ने बताएका छन् ।

प्रतिपक्षीले भन्दा पहिले नै गृहमन्त्री  लेखकको राजीनामा किन मागेको भन्ने विषयमा शेखरलाई स्पष्टीकरण सोध्न लागिएको उनले बताए ।

जिम्मेवार नेताले पार्टीमा सरसल्लाह नगरी, छलफल नै नगरी यसरी अभिव्यक्ति दिन नमिल्ने भन्दै आज बिहान बसेको नेपाली कांग्रेसको पदाधिकारी बैठकले यो विषय उठाएर स्पष्टीकरण सोध्न प्रस्ताव गरेको थियो ।

कोईरालाले सार्वजनिक रुपमै गृहमन्त्रीले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ भन्ने अभिब्यक्ति दिएका थिए ।

उनी अहिले पाँचथर छन् । उनका सहयोगी दिनेश थपलियाले भने डा. कोइरालाको स्पष्टीकरण सोध्ने भन्ने विषयमा केही जानकारी नआएको  बताएका छन् ।

तर, सभापति देउवाले कोइरालासंग स्पष्टीकरण सोध्ने समाचार विभिन्न अनलाइनमा प्रकाशन भईसकेका छन् ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्छ भन्दै अभिब्यक्ति दिएका कांग्रेसका नेताहरु डा. कोइरालासहित, राजेन्द्र बजगाईं र सुनील शर्मालाई स्पष्टीकरण सोधिने भएको छ ।

यद्यपी नेपाली काग्रेसको आज बिहान बसेको बैठकले गहृमन्त्री निर्दोष रहेको निष्कर्ष निकाल्दै राजिनामा दिनु नपर्ने निर्णय गरिसकेको छ ।

सभापति देउवाले त्यसको प्रतिउत्तर हेर्छु मात्रै भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077