Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

व्युरोको 'असई हुँ' भन्दै होटल सञ्चालकलाई धम्की दिने थापा पक्राउ

व्युरोको 'असई हुँ' भन्दै होटल सञ्चालकलाई धम्की दिने थापा पक्राउ

आइतवार , जेठ १२, २०८२

कैलाली । नेपाल प्रहरीको व्युरोबाट खटिएको 'असई हुँ' भन्दै ठगी गर्ने एक युवक धनगढीमा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धनगढी उप–महानगरपालिका–०५, शिवनगर बस्ने २६ वर्षीय निराजन थापा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उप–महानगरपालिका–०४ स्थित बसपार्कमा रहेको धामी होटलमा विगत केही दिनदेखि पटक–पटक गई आफू ब्युरोबाट आएको हुँ भन्दै रकम माग्दै आएका थिए ।

होटल सञ्चालक मोहन सिंह धामीलाई रकम माग गर्ने क्रममा शंका लागेपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए ।

सोही आधारमा अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको थियो । उनलाई हिरासतमा राखी थप अनुसन्धान अगाडि बढाइएको कैलाली प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077