कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका–१४ स्थित एच गाउँको साईनोचोक नजिक एक नवजात शिशु बेवारिसे अवस्थामा फेला परेको छ ।
स्थानीयले सडक छेउको नालाबाट रोइरहेको आवाज सुनेपछि प्रहरीलाई खबर गरेका थिए ।
इलाका प्रहरी कार्यालय बहुलियाका अनुसार नवजात शिशु सालनालसहित नालामै छाडिएको अवस्थामा भेटिएको हो । घटनाको जानकारी प्राप्त भएपछि प्रहरी टोली तत्काल घटनास्थलमा पुगेको थियो ।
वरिष्ठ प्रहरी नायब निरीक्षक लोकेन्द्र चन्दले शिशुलाई सकुशल उद्धार गरी सेती प्रादेशिक अस्पताल, धनगढी पठाइएको जानकारी दिए । हाल शिशुको स्वास्थ्य परीक्षण भइरहेको छ ।
अहिले प्रहरी टोली घटनास्थल आसपासका क्षेत्रको निगरानीमा जुटिरहेको छ भने घटनाको गम्भीरताका साथ अनुसन्धान भइरहेको जनाइएको छ ।