Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किदा दुवै चालकको मृत्यु

दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किदा दुवै चालकको मृत्यु

आइतवार , जेठ १२, २०८२

काठमाडौं । बर्दियाको मधुवन नगरपालिका–८ स्थित हुलाकी सडकअन्तर्गत लालसिंह चोकमा दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा दुवै मोटरसाइकल चालक रहेको प्रहरीले जनाएको छ । गुलरिया नगरपालिका–२ निवासी अन्दाजी २८ वर्षीय देवानन्द यादवले चलाएको भे १३ प २६६९ र मधुवन नगरपालिका–८ लालीबजार निवासी अन्दाजी ३० वर्षीय टंकबहादुर विसीले चलाएको भे ६ प ५४१ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका हुन् ।

देवानन्दको मोटरसाइकलमा सवार गुलरिया नगरपालिका वडा नम्बर–२ निवासी अन्दाजी ३२ वर्षीय घाइते अनुपम यादवको बाँकेको नेपालगञ्जस्थित नर्सिङ होममा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077