काठमाडौैं । सरकारले शोभाकान्त पौडेललाई सचिवमा बढुवा गरेको छ ।
बुधबार साँझ सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई सचिवमा बढुवा गरेको हो ।
उनले लामो समय अर्थ मन्त्रालयमा काम गरेका छन् । त्यस्तै उनीसँग भन्सार विभागको महानिर्देशक पनि भइसकेका छन् ।
पौडेल यसअघि पनि सचिव बढुवा सिफारिसमा परेका थिए ।