Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

पाथीभरामा केबलकार बनाउन बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता

पाथीभरामा केबलकार बनाउन बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता

बुधवार , जेठ १, २०८२

काठमाडौं । ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरामा तीर्थयात्रीको सहजताका लागि केबलकार निर्माणको बाटो खुलेको छ ।

सर्वोच्च अदालतले केबलकार निर्माण कार्य यथास्थितिमा राख्न दिएको अल्पकालीन आदेश निष्क्रिय हुने गरी नयाँ आदेश जारी गरेसँगै केबलकार निर्माणको बाटो खुलेको हो ।

बुधबार न्यायाधीश डा. नहकुल सुवेदी र अब्दुल अजीज मुसलमानको इजलासले यसअघिको अन्तरिम आदेशलाई निरन्तरता दिनु नपर्ने आदेश गरेको छ ।

पाथीभरा केबलकार निर्माण कार्य रोक्न माग गर्दै गत चैतमा यामबहादुर लिम्बु लगायतले दायर गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइपछि सर्वोच्च अदालतले अन्तरिम आदेशको टुंगो नलाग्दासम्म सबै कामकारबाहीलाई यथास्थितिमा राख्न आदेश दिएको थियो ।

त्यसपछि न्यायाधीश शारंगा सुवेदीको इजलासले अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्नेबारे छलफल गर्न दुवै पक्षलाई झिकाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077