काठमाडौं । सोलुखुम्बु जिल्लाको छेस्काम क्षेत्र आसपास भूकम्पको धक्का महसुस गरिएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार साँझ १८:११ बजे सो क्षेत्रमा ४.६ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पको केन्द्रविन्दु सोलुखुम्बुको छेस्काम क्षेत्र आसपास रहेको केन्द्रले जनाएको छ।