Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

पोखरामा बस दुर्घटना हुँदा २२ जना घाइते

पोखरामा बस दुर्घटना हुँदा २२ जना घाइते

बुधवार , जेठ १, २०८२

काठमाडौं । पोखरा महानगरपालिका–२२ स्थित दहरा घुम्तीनजिकै स्तुपाबाट पोखरातर्फ आउँदै गरेको बस दुर्घटनामा परेको छ ।

ग १ ख ३८८६ नम्बरको बस नियन्त्रण गुमाएर दुर्घटना भएको हो । छोरेपाटन बजारदेखि केही माथि नगर बस घुम्दीबाट खसेको हो ।

जिल्ला प्रहरी कार्यालय, कास्कीका अनुसार, दुर्घटनामा परेर चालक र सहचालकसहित २२ जना घाइते भएका छन् ।

घाइतेहरूलाई उपचारका लागि गण्डकी मेडिकल कलेज पठाइएको प्रहरीले जानकारी दिएको छ ।

बसमा २६ जना सवार रहेको भन्ने बुझिएको प्रहरीले बताएको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077