Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

एमालेले एनआरएनएलाई देशको हितमा प्रयोग गर्नेछ : प्रधानमन्त्री ओली

एमालेले एनआरएनएलाई देशको हितमा प्रयोग गर्नेछ : प्रधानमन्त्री ओली

बुधवार , जेठ १, २०८२

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गैरआवासीय नेपाली संगठन (एनआरएनए)को विधिसम्मत क्रियाकलापमा सरकारको सधैँ साथ रहने बताएका छन् ।

बुधबार काठमाडौंमा एनआरएनए को विश्व सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

गैरआवासीय नेपाली संगठन (एनआरएनए) लाई दलीय हितमा प्रयोग नगर्ने उनको भनाई थियो ।

उनले भने, ‘विधि सम्मत क्रियाकलापमा सरकारको सधैँ साथ रहन्छ । मेरो पनि साथ रहन्छ । नेकपा एमाले जसको अध्यक्ष म छु, त्यस पार्टीको पनि विधिसम्मत कुरामा साथ रहन्छ । नेकपा एमालेले गैर आवासीय नेपाली संगठनलाई आफ्नो हितमा, दलीय हितमा प्रयोग गर्नेछैन । डायस्पोराको हितमा र देशको हितमा प्रयोग गर्नेछ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077