Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

जनमतका निलम्बित कोषाध्यक्ष यादवको बन्दी प्रत्यक्षीकरण रिट सर्वोच्चले गर्यो खारेज

जनमतका निलम्बित कोषाध्यक्ष यादवको बन्दी प्रत्यक्षीकरण रिट सर्वोच्चले गर्यो खारेज

बुधवार , जेठ १, २०८२

काठमाडौं ।सर्वोच्च अदालतले जनमत पार्टीका निलम्बित कोषाध्यक्ष सुरेन्द्र नारायण यादवको बन्दी प्रत्यक्षीकरण रिट खारेज गरेको छ ।

यादव पत्नी ललिताकुमारी यादवले बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । आफ्ना पति गैरकानुनी थुनामा परेको भन्दै जिल्ला प्रहरी कार्यालय ललितपुर र जनमतका प्रवक्ता डा. शरदसिंह यादवलाई विपक्षी बनाई बन्दी प्रत्यक्षीकरण रिट दर्ता गरेकी थिइन् ।

जनमतका नेता यादव हाल प्रहरी हिरासतमा छन् । न्यायाधीसद्वय हरिप्रसाद फुँयाल र तीलप्रसाद श्रेष्ठले बन्दी प्रत्यक्षीकरणको रिट मंगलबार खारेज गर्न आदेश दिएका हुन् ।

ललितपुर जिल्ला प्रहरी कार्यालयमा यादवविरुद्ध ठगी तथा आपराधिक विश्वासघातको कसुरमा जाहेरी दर्ता भएको थियो ।

ललितपुर जिल्ला अदालतबाट यादवविरुद्ध पक्राउ पुर्जी जारी भएसँगै प्रहरीले उनलाई ७ वैशाखमा पक्राउ गरेको थियो ।

जनमतको पार्टी कार्यालय सञ्चालनका लागि खरिद गरिएको काठमाडौंको घर श्रीमतीको नाममा गराएपछि उनीविरुद्ध ठगी तथा आपराधिक विश्वासघात जाहेरी दर्ता भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077