Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

रेष्टुरेन्टमा यौन व्यवसाय सञ्चालन गरेको आरोपमा ३ जना पक्राउ, ५ महिलाको उद्धार

रेष्टुरेन्टमा यौन व्यवसाय सञ्चालन गरेको आरोपमा ३ जना पक्राउ, ५ महिलाको उद्धार

बुधवार , जेठ १, २०८२

काठमाडौं । रेष्टुरेन्टमा यौन व्यवसाय सञ्चालन गरेको आरोपमा प्रहरीले पोखराबाट तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा पोखराको सिर्जना चोकमा मनिका रेष्टुरेन्ट सञ्चालन गर्ने ४० वर्षीय पदम लुङ्बा, पोखरा मालेपाटनका ५१ वर्षीय तेज नारायण तिमिल्सिना र तनुहँको व्यास नगरपालिका–५ का २१ वर्षीय सलन गुरुङ छन् ।

रेष्टुरेन्टबाट प्रहरीले पाँच महिलालाई उद्धार समेत गरेको छ ।

पक्राउ परेकाहरुविरुद्ध कास्की जिल्ला अदालतबाट मानव बेचबिखनसम्बन्धी कसुरमा ६ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको कास्की प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077