Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

कांग्रेस महामन्त्री थापाको दाबी - बिचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्मै छ

कांग्रेस महामन्त्री थापाको दाबी - बिचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्मै छ

मंगलवार , बैशाख २, २०८२

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बिचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्मै गरेको दाबी गरेका छन्।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले सो कुरा बताएका हुन् । उनले अहिलेको अर्थतन्त्रमा बिचौलियाकै कारण समस्या आएको जिकिर गरे।

तर, निजी क्षेत्र र बिचौलिया फरक विषय भएको महामन्त्री थापाको भनाइ छ। उनले बिचौलियाको पहुँच नेतृत्व तहको शयनकक्षसम्म हुने गरेकाले अहिले समस्या सिर्जना भइरहेको बताए।

पहिले राष्ट्र बैंकको गभर्नरबारे छलफल हुँदा कौतुहलता हुने गरे पनि अहिले बिचौलियाको मान्छे भनेर खुलारूपमा बहस र छलफल हुने अवस्था आएको महामन्त्री थापाले बताए ।

महामन्त्री थापाले आसेपासेलाई पोस्ने व्यवस्था पुँजीवादी व्यवस्था नै नभएको बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077