Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

विद्युत प्राधिकरणले भन्यो - हावाहुरीले विद्युत अवरोध भएको हो, लोडसेडिङ भन्न मिल्दैन

विद्युत प्राधिकरणले भन्यो - हावाहुरीले विद्युत अवरोध भएको हो, लोडसेडिङ भन्न मिल्दैन

मंगलवार , बैशाख २, २०८२

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले प्रतिकूल मौसमका कारण विद्युत अवरोध भएको जनाएको छ ।

आज एक विज्ञप्ति जारी गर्दै विद्युत प्राधिकरणले हावाहुरीले छोटो समय अवरोध भएको सन्दर्भलाई लोडसेडिङ भएको भन्न नमिल्ने जनाएको हो।

हावाहुरी तथा मौसमी कारणले हुने अवरोधलाई लोडसेडिङ भएको भनेर अतिरञ्जित र भ्रामक बनाएको प्राधिकरणले जनाएको छ।

विज्ञप्तिमा भनिएको छ,‘देशका विभिन्न क्षेत्रमा आएको हावाहुरी तथा प्रि-मनसुनका कारण सिर्जना भएकी प्रतिकूल मौसमले छोटो समय विद्युत सेवा अवरुद्ध हुन जाने सन्दर्भमा लोडसेडिङ भएको भनि अतिरञ्जित र भ्रामक भनाइहरू सामाजिक सञ्जालमा व्यक्त हुँदै आएको प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ।’

अवरूद्ध भएका ठाउँमा विद्युत सञ्चालन गर्न देशभरका वितरण केन्द्रबाट दिनरात काम भइरहेको र अधिकांस ठाउँमा आपूति भइसकेको पनि उल्लेख गरेको छ।

कुनै ठाउँमा विद्युतीय संरचनामा क्षति पुगेको पाइएमा नेपाल विद्युत प्राधिकरणको सम्बन्धित कार्यालय वा हटलाइन नम्बर ११५० मा जानकारी गराउन पनि अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077