Online Nepal
  • मंगलबार, ९ बैशाख २०८२
  • मधेशमा आज जुडशीतल हर्षोल्लासका साथ मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा

    मधेशमा आज जुडशीतल हर्षोल्लासका साथ मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा

    अनलाइन नेपाल
  • मंगलबार, २ बैशाख २०८२
  • 204
    SHARES

    जनकपुरधाम । तराई मधेशका जिल्लामा आज हर्षोल्लासका साथ जुडशीतल पर्व मनाइँदै छ । जुडशीतलको अवसरमा मधेश प्रदेशमा आज सार्वजनिक बिदा दिइएको छ ।

    विक्रम संवत् परम्पराको नयाँ वर्ष प्रारम्भमा मनाइने दुईदिने पर्वमा पहिलो दिनलाई सतुवाइन र दोस्रो दिनलाई जुडशीतल भन्ने चलन छ । यद्यपि सतुवाइन पनि जुडशीतल पर्वकै अङ्ग भएको बताइएको छ ।



    वैशाख सङ्क्रान्तिका दिन सुरु हुने पर्व विधिमा पहिलो दिन चना, बदाम, जौँ, मकै, गहुँ, चामल र मुँगसहित सातथरि खाद्यान्नको सातु र सख्खरको सर्वत बनाएर कूलदेवतालाई चढाएपछि कूलपुरोहित, ब्राह्मण र साधुहरूलाई दान गरेर खाने चलन छ ।

    गृह, सञ्चार तथा कानुन मन्त्रालय, मधेस प्रदेशले सूचना जारी गर्दै आज प्रदेशभर सार्जजनिक बिदा रहेको जानकारी गराएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार