Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

एकाबिहानै जाजरकोटमा फेरि गयो भूकम्प

एकाबिहानै जाजरकोटमा फेरि गयो भूकम्प

मंगलवार , बैशाख २, २०८२

काठमाडौं । जाजरकोटमा सात घण्टाको फरकमा दुईवटा भूकम्प गएका छन् ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, कुशे गाउँपालिकाको पैङ्क क्षेत्रलाई केन्द्रबिन्दु बनाएर गएराति र आज बिहान गरेर दुईवटा भूकम्प गएका हुन् ।

पहिलो भूकम्प गएराति ९ बजेर ३१ मिनेटमा ४.१ म्यागनिच्युटको भूकम्प गएको थियो भने दोस्रो भूकम्प आज बिहान ४ बजेर ५३ मिनेटमा ४.४ म्याग्निच्युटको भूकम्प गएको हो ।

लगातार गएका यी भूकम्पका कारण हालसम्म मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ ।

पछिल्लो समय पश्चिम नेपालमा लगातार ससाना भूकम्प गइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077