हुम्ला । हुम्लाको चंखेली गाउँपालिकामा स्काइभेटर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार गएराति २-०३-००१ क ०९७५ नम्बरको स्काईभेटर लोतिमा पल्टिँदा चंखेली गाउँपालिका-२ का ४५ वर्षीय परबल कामी र ३१ वर्षीय अर्जुन कामीको मृत्यु भएको हो ।
स्काईभेटर चालक भने सामान्य छन् । स्काईभेटर सडकभन्दा १ सय मिटर तल खसेको थियो ।
स्काईभेटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
Leave a Reply