काठमाडौं । आन्दोलनरत शिक्षकहरूको आज पनि प्रदर्शन जारी राखेका छन् ।
विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित सडक आन्दोलनमा उत्रिएका शिक्षहरूले प्रदर्शन जारी राखेका हुन्।
गत चैत २० गतेदेखि प्रदर्शन गरिरहेका शिक्षकहरू आज पनि सडकमै बसेर प्रदर्शन गरिरहेका छन् ।
बबरमहल–बानेश्वर सडक खण्डमा शिक्षकहरूले बसेरै प्रदर्शन गर्दा सवारी आवागमन प्रभावित भएको छ ।
शिक्षक महासंघको नेतृत्वमा आन्दोलन भइरहेको हो । महासंघले आन्दोलन र वार्ता सँगसँगै लगेको छ ।
बिहीबार र शुक्रबार वार्ता भएको थियो । आज पनि वार्ताको तयारी भइरहेको शिक्षा मन्त्रालय स्रोतले बतायो ।
Leave a Reply