Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

आन्दोलनरत शिक्षकहरूको प्रदर्शन आज पनि जारी

आन्दोलनरत शिक्षकहरूको प्रदर्शन आज पनि जारी

शनिवार , चैत्र २९, २०८१

काठमाडौं । आन्दोलनरत शिक्षकहरूको आज पनि प्रदर्शन जारी राखेका छन् ।

विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित सडक आन्दोलनमा उत्रिएका शिक्षहरूले प्रदर्शन जारी राखेका हुन्।

गत चैत २० गतेदेखि प्रदर्शन गरिरहेका शिक्षकहरू आज पनि सडकमै बसेर प्रदर्शन गरिरहेका छन् ।

बबरमहल–बानेश्वर सडक खण्डमा शिक्षकहरूले बसेरै प्रदर्शन गर्दा सवारी आवागमन प्रभावित भएको छ ।

शिक्षक महासंघको नेतृत्वमा आन्दोलन भइरहेको हो । महासंघले आन्दोलन र वार्ता सँगसँगै लगेको छ ।

बिहीबार र शुक्रबार वार्ता भएको थियो । आज पनि वार्ताको तयारी भइरहेको शिक्षा मन्त्रालय स्रोतले बतायो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077