Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

राष्ट्रिय सुरक्षा गर्न सक्षम जनशक्तिको आवश्यकता : प्रधानमन्त्री केपी शर्मा ओली

राष्ट्रिय सुरक्षा गर्न सक्षम जनशक्तिको आवश्यकता : प्रधानमन्त्री केपी शर्मा ओली

शुक्रवार , चैत्र २८, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षाका लागि सक्षम जनशक्ति आजको आवश्यकता भएको बताएका छन् ।

नेपाली सेनाको विभिन्न सिसमको अधिकृत क्याडेट तालिमको आयुक्त पद प्रदान कवाज प्रदर्शन निरीक्षणको क्रममा उनले यस्तो बताएका हुन् ।

विश्व सुरक्षा परिवेश गतिशील, बहुआयामिक र चुनौतीपूर्ण भएको बेला नेपालको दक्ष जनशक्ति आवश्यक रहेको बताएका थिए ।

भक्तपुरको खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले उत्कृष्ट पदिक र अधिकृतलाई पुरस्कार स्वरूप खुकुरी प्रदान गरेका थिए ।

प्रधानमन्त्री ओलीले राष्ट्रिय सुरक्षाका साथै विपद् जोखिम न्यूनीकरण र शान्तिसेनाका माध्यमबाट सेनाले दिएको योगदानको प्रशंसा गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077