Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

फोहोर नगरी आन्दोलन गरेको भन्दै मेयर बालेनले दिए शिक्षकहरूलाई धन्यवाद

फोहोर नगरी आन्दोलन गरेको भन्दै मेयर बालेनले दिए शिक्षकहरूलाई धन्यवाद

बुधवार , चैत्र १९, २०८१

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह (बालेन) ले शिक्षकहरूले फोहोर नगरी र कुनै संरचना नभत्काई शान्तिपूर्ण आन्दोलन गरेको भन्दै धन्यवाद व्यक्त गरेका छन्।

बुधबार सामाजिक सञ्जालमार्फत मेयर शाहले शिक्षकहरुलाई धन्यवाद दिएका हुन ।

उनले जरिवाना नभई चेतना फैलाउने उद्देश्य आफूहरूको रहेको स्पष्ट पार्दै शिक्षकहरूलाई यही सन्देश विद्यार्थीहरूमाझ पनि पुर्‍याउन आग्रह गरेका छन्।

बुधबार सामाजिक सञ्जालमार्फत मेयर शाहले लेखे, “प्रिय शिक्षकहरू, तपाईंहरूले आफ्नो आन्दोलन फोहोर नगरी, केही नभत्काई गर्नुभयो, यसका लागि धन्यवाद। हामीले जरिवाना खोजेको होइन, चेतना खोजेको हो। सार्वजनिक सम्पत्ति पनि आफ्नै सम्पत्ति हो भन्ने चेतनशील समाजको निर्माण गर्न खोजेका हौँ। यो शिक्षा तपाईंहरूले आफ्ना विद्यार्थीहरूलाई पनि दिनुहोला।”

उनले चेतनशील समाज निर्माणमा सबैको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै शिक्षकहरूको भूमिका झनै महत्त्वपूर्ण भएको बताए।

“तपाईंहरू शिक्षक हुनुहुन्छ, यसमा तपाईंहरूको ठूलो जिम्मेवारी र भूमिका छ,” उनले भने। साथै, उनले आफ्ना कुरा राख्न विद्यार्थीको पढाइमा असर नपर्ने गरी चेतनशील ढंगले कार्यक्रम गर्न पनि अनुरोध गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077