Online Nepal
  • बुधबार, १७ बैशाख २०८२
  • आन्दोलन गर्न देशभरिका शिक्षकहरू काठमाडौंमा

    आन्दोलन गर्न देशभरिका शिक्षकहरू काठमाडौंमा

    अनलाइन नेपाल
  • बुधबार, २० चैत्र २०८१
  • 282
    SHARES

    फाइल तस्बिर

    काठमाडौं । शिक्षक महासंघको अगुवाइमा हुन लागेको आन्दोलनमा सहभागी हुन शिक्षकहरू काठमाडौ आइपुगेका छन् । विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।

    महासंघको सहअध्यक्ष एवं आन्दोलन परिचालन समितिका संयोजक नानुमाया पराजुलीका अनुसार आजको र्‍यालीमा डेढ लाख शिक्षक कर्मचारी सहभागी हुनेछन् ।



    आज डेढ लाख शिक्षक उतार्ने योजना बनाएको समितिले भोली अझै बढि शिक्षकहरुलाई काठमाडौं बोलाएको छ । आन्दोलनलाई शान्तिपूर्ण बनाउन ८ सय स्वयंसेवक परिचालन गरिएको उनले बताइन् ।

    उनले भनिन्–‘हाम्रो आन्दोलन शान्तिपूर्ण हुन्छ । अनुशासित र मर्यादित बनाउन ८ सय स्वयंसेवक परिचालन गरेका छौ ।’

    विगतको सहमति अनुसार ऐन जारी भए तत्काल आन्दोलन छोडेर घर फर्किने उनले बताइन ।

    शिक्षा विधेयक संसदमा दर्ता भएपछि २०८० असोज ३ मा शिक्षकहरू सडक आन्दोलनमा आएका थिए । तीन दिनको आन्दोलनपछि सरकारसँग महासंघसहित अन्य संघसंगठनबीच असोज ५ मा ६ बुँदे सम्झौता भएको थियो ।

    सो सहमति अनुसार ऐन जारी गर्न शिक्षकहरूले माग गरेका छन् ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार