काठमाडौं । फिल्म ‘लाज शरणम्’ मा कुपोषित बालकको भूमिकामा अभिनय गरेका विकास केसीको कुपोषणकै कारण निधन भएको छ ।
उनको जाजरकोटस्थित घरमै मंगलबार निधन भएको हो । उनी २०६६ साउन १ गते जन्मिएका थिए ।
उनको जटिल कुपोषणको उपचारका लागि सुटिङपछि ग्रिन सिटी अस्पताल, काठमाडौं ल्याइएको थियो।
अस्पतालले कान्ति बाल अस्पताल रिफर गरे पनि त्यहाँ उपचार सम्भव नभएको भन्दै उनलाई कर्णाली फर्काइएको थियो ।